अन्तराष्ट्रिय


दुबईमा मुसलधारे वर्षा, विमानस्थल डुबानमा

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको ज्यान गएको...

अफगानिस्तान र पाकिस्तानमा बाढीको वितण्डा : हालसम्म ५७ जनाको ज्यान गयो

काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको ज्यान गएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ । २५० भन्दा धेरै पशुको ज्यान गएको खबर छ । ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४...

मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको ज्यान गयो, कयौँ बेपत्ता

एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको ज्यान गएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए । यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो...

म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ । केही...

गाजामा राहत पुर्याउन सीमासहित तीन मार्ग खोल्दै इजरायल

इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोल्ने भएको छ । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोल्ने जनाइएको छ । यसबाहेक,...

भारतको महाराष्ट्रमा कपडा पसलमा आगलागी, एकै परिवारका ७ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको महाराष्ट्रको संभाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एक कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ। आगलागीमा माथिल्लो तलामा बस्ने एकै परिवारका सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा तीन...

ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको हो । भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको...

अफगानिस्तानमा बेबारिसे बम खेलाउदाँ विस्फोट, नौ बालबालिकाको ज्यान गयो

काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको पाकिस्तानी समाचार एजेन्सीले जनाएका छन् । आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो ।...

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।दिल्लीका मुख्यमन्त्री...