अन्तराष्ट्रिय


बिहारमा ४० दिनमा सात नेताको हत्या

भारतको बिहारमा अगस्ट १ देखि सेप्टेम्बर ९ सम्म राज्यका विभिन्न भागमा कम्तिमा सात नेताको हत्या भएको तथ्यांक छ । तथ्यांकले बिहारमा राजनीतिक दलसँग सम्बन्धित नेताहरूको हत्या भएको देखाएको छ । यस अवधिमा भाजपाका मुन्ना शर्मा, अजय साह र पश्चिम चम्पारणमा जेडीयू...

भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको ज्यान गयो

छत्तीसगढ । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्। मुख्यमन्त्रीले बालोदबजार जिल्लाको...

युट्युब हेर्दै अप्रेसन गर्दा बिरामीको ज्यान गयो, डक्टर फरार

एजेन्सी । भारतको बिहारमा युट्युब हेर्दै पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गएको छ । बिरामीको ज्यान गएपछि शल्यक्रियामा संलग्न डाक्टर फरार भएका छन् । सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले...

युक्रेनसँग वार्ता गर्न तयार छौं : रुसी राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए । युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार...

मध्य युक्रेनमा रुसको हमला: ज्यान गुमाउनेको संख्या ५१ पुग्यो, २७१ जना घाइते

किएभ । मध्य युक्रेनमा रहेको सहर पोल्टाभामा गरिएको रुसी क्षेप्यास्त्र हमलामा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । घटनामा कम्तीमा २ सय ७१ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा क्षेप्यास्त्रले क्षति पुगेको...

इजरायली प्रधानमन्त्री नेतन्याहुले मागे माफी

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले माफी मागेका छन् । गाजामा ६ इजरायली बन्धक शनिबार मृत भेटिएका थिए । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतन्याहुले इजरायली जनतासँग माफी मागेका छन् । उता, हमासले पनि युद्धविराम सम्झौता भएन भने...

बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि इजरायलमा प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन

तेल अभिभ । इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग...

हमासले इजरायलबाट बन्धक बनाएका ६ जनाको शव भेटियो : विपिन जोशीको अवस्था अज्ञात

जेरुसलेम । इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो । आईडीएफले...

जापानमा ताइफुनका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

  टोकियो । जापानमा शानशान ताइफुनका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ । शानशान ताइफुनलाई...