जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ ९एलडीपी० को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उनका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गरेका छन् ।
इशिबा दोस्रो चरणको मतदानमा विजयी भएका हुन् । संसद्को तल्लो सदनमा सत्तारूढ एलडीपीको पूर्ण नियन्त्रण रहेको र शिगेरु इसिबा प्रधानमन्त्री बन्ने निश्चित भएको खबरमा उल्लेख छ ।