ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् । समाचार संस्था सीसीटीभीमा प्रकाशित...
काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ६४ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार...
पन्जाब र हरियाणाको शम्भु नाकामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण ज्यान गएको छ । बीबीसी हिन्दीमा छापिएको खबरका अनुसार प्रदर्शन स्थलमा गुमाउने किसानको नाम ज्ञान सिंह हो । अस्पतालका अनुसार मृतकलाई हृदयघात भएको थियो । ‘हामीले उपचार सुरु गर्यौँ...
नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो...
इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो । हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै...
यङ्गुन । म्यानमारको जुन्ता सरकारले सेनामा युवाहरूको सेवालाई अनिवार्य बनाएको छ । सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले आइतबार समाचार छापेको छ । देशका कयौँ स्थानमा सरकार र सशस्त्र विद्रोहीहरूबिच लडाई जारी छ । यी द्वन्द्वहरू नियन्त्रणमा ल्याउन...
काठमाडौँ । पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको ज्यान गएको थियो भने ४० भन्दा...
कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तको पिसिन जिल्लाको खानुजई क्षेत्रमा भएको एक विस्फोटमा २२ जनाको ज्यान गएको छ । निर्वाचनको अघिल्लो दिनमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटमा परेर सो सङ्ख्यामा ज्यान गएको हो । यस घटनामा ३० जना...
मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट भएको छ । एक पछि अर्को गर्दै विस्फोट हुन थालेपछि त्यहाँ भीषण आगलागी भएको हो । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा...