दमास्कस ।
सिरियामा भीषण कार बम विस्फोट भएको छ । यस घटनामा कम्तिमा १५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उत्तरी सिरियाली शहरको बाहिरी इलाकामा सोमबार भएको कार बम विस्फोटमा अरु दर्जनौं घाइते भएको बताइएको छ ।
मानबिज शहरको बाहिरी इलाकामा कार विस्फोट भएको थियो । कृषि कामदार बोकेको गाडी कारको छेउबाट गुज्रिरहेको बेला विस्फोट हुँदा सो गाडीमा सवार १४ महिला र एक पुरुष कामदारको ज्यान गएको छ । अन्य पन्ध्र जना महिला घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
डिसेम्बरमा राष्ट्रपति बसर अल असदको पतन पछि, उत्तरपूर्वी अलेप्पो प्रान्तको मनबिजमा हिंसा जारी छ ।