पाकिस्तानमा ७ जनाको गोली हानेर हत्या

केन्द्रभाग मिडिया

पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले बसमा सवार ७ जनालाई गोली हानी हत्या गरेका छन्।

बीबीसीका अनुसार मंगलबार मंगलबार अबेर राति ती आक्रमणकारीले क्वेटाबाट लाहोर जाँदै गरेको बस रोकेर ७ यात्रुलाई ओराली गोली हानेका हुन्।

बरखानका डेपुटी कमिस्नर वकार खुर्सिदले प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबका भएको पत्ता लागेको बताएका छन्।

  • ७ फाल्गुन २०८१, बुधबार १२:३१ प्रकाशित