ब्यानर न्युज


सौर्य जहाज दुर्घटनाका पाइलटको डिस्चार्जको तयारी : दुर्घटनाबारे बोल्न प्राधिकरणले लगायो रोक

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्य उन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका...

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । तीन चरणमा लागू हुनेगरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ । पत्राचार अनुसार साउन १ गतेदेखि...

ओलीको घोषणा : भने,‘मेरो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक बालुवाटारमा राख्दिन’

काठमाडौँ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा नराख्ने बताएका हुन् । उनले लेखेका छन्–...

अब राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको...

धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार पक्राउ

पोखरा । कास्की प्रहरीले धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । गत साउन ३ गते राती ८ ः ३० बजेको समयमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिाक १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने...

माओवादी केन्द्रका उपमहासचिव गजुरेलले दिए पदबाट राजीनामा

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्। यद्दपि उनको...

पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति 

पोखरा । पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको एक सपिङ सेन्टरमा आगलागी भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो । आगलागीबाट डेढ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालयले...