ब्यानर न्युज


उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करी लगाएतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले...

माओवादीको प्रष्टीकरण : दोषी प्रमाणित भए पार्टीकै नेता माथि पनि कारबाही हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने प्रष्ट्याएका छन् । प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले...

एमालेद्धारा राष्ट्रिय सभामा पनि अवरोध

  काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका...

एमालेद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन...

काठमाडौंबाट भैरहवा पठाउने क्रममा एनटिसीको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ । निर्देशनालयले...

सर्लाहीमा बाढी : दुई जनाको ज्यान गयो, ७२ को उद्धार

सर्लाही। सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक...

संसदमा गृहमन्त्रीको जावाफ– समितिको आवश्यक छैन, सिआइबीलाई काम गर्न दिँउ

काठमाडौं । उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले काम गरिरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै यसअघि बनेका समितिहरुले कुनै काम...

निजी विद्यालयहरूद्वारा साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा

काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै...

संसदको अवरोध हट्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो । बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने...