ब्यानर न्युज


लत्रेको इन्टरनेट तार हटाउन खोज्दा करेन्ट लागेर एक जनाको ज्यान गुम्यो

पोखरा । पोखराका सडक छेउमा रहेका बिद्युत पोलमा विद्युत बहाव हुने तार मात्र होइन । इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकका तारहरु समेत  जोखिमयुक्त देखिएका छन् । अव्यवस्थित रुपमा रहेका यस्ता केबल एवं फाइबर तारलाई व्यवस्थापान गर्न खोज्दा त्यसमा...

माथिल्लो तामाकोसीको बाँधक्षेत्रमा पहिरो, नेपाली सेनाका दुई जवानसहित पाँच बेपत्ता

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका छन् । ४५६...

आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । “आज बेलुकादेखि नै...

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभागले शनिबार दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा...

विपदमा देशभर ४९ जनाको ज्यान गुम्यो, ४० बेपत्ता

काठमाडौं । लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको ज्यान गुमेको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका...

नारायणगढ–मुग्लिन सडकमा भोलि बिहानसम्म गाडी चलाउन रोक

चितवन । वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको...

अविरल वर्षाका कारण विपत्ति : ३५ जनाको ज्यान गुम्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ३५ जनाको ज्यान गुमेको छ।। बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको ज्यान गुमेको छ । उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको ज्यान गुमेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता...

सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल सुनकोशीले बगायो

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ । बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएको छ। अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा...

कोशी ब्यारेजमा पानीको बहाव उच्च, पैदलयात्रामा रोक

विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ । ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका...