ब्यानर न्युज


प्रतिनिधिसभा सचिव सुरेश अधिकारीद्धारा राजीनामा

काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा...

म्याद थपका लागि रविलाई अदालत पुर्‍याइयो, म्याद थपेपछि काठमाडौँ लैजाने तयारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो । लामिछाने कात्तिक...

राष्ट्रिय गौरवका आयोजनाबारे आज सिंहदरबारमा ब्रिफिङ

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो...

गण्डकी र कोशी प्रदेशको पहाडी मागमा हल्का वर्षाको सम्भावना

पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका...

एकीकृत जनक्रान्तिलाई निर्वाचनमा प्रयोग गर्न चाहन्छौं : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसंग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

गण्डकीसहित तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी...

फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले लगायो एक लाख जरिवाना

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको...

कास्कीको टेम्पल ट्री रिसोर्ट र स्याङ्जाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाता

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताह २०८१ को समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम...

अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजियो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् । साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताए । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन...