ब्यानर न्युज


आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो । आजको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका...

आज मुस्लिम समुदायले ईद उल फित्र मनाउँदै

काठमाडौं । रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ  । नेपालमा सरकारले...

यी दुई प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश...

कानुनी मापदण्डबिना पटाका पड्काउन र आतिसबाजी गर्न नदिन माग

पोखरा । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले कानुनी मापदण्डबिना पटाका र आतिसबाजी गर्न नदिन पोखरा महानगर र कास्की प्रशासनको ध्यानाकर्ष गराएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...

सोमबार सार्वजनिक विदा

पोखरा । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । '२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको...

राजावादीको गतिविधिविरुद्ध नेकपा एसले देशभर भण्डाफोर गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजावादीहरूको हिंसात्मक गतिविधि विरुद्ध भण्डाफोर गर्ने भएको छ । राजावादीले चैत १५ गते गरेको प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयसहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश,...

दुर्गा प्रसाईंले भने :‘म भागेको छैन, भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले सुरक्षित बसेको हुँ’

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख...