ब्यानर न्युज


दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि...

रामेछापमा गाडी दुर्घटना : ५ जनाको ज्यान गयो

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारी रहेको प्रहरीले बताएको छ ।

परराष्ट्रद्धारा प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराएको हो । चीनका प्रधानमन्त्री...

उपनिर्वाचनको नतिजा दुई दिनभित्र सार्वजनिक हुन्छ : निर्वाचन आयोग

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको...

रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा बयान सुरु

काठमाडौँ । अनुसन्धानको लागि काठमाडौं लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु...

परराष्ट्रमन्त्री राणाले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्दै

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ । यसका लागि राणा हिजो नै चीनको छन्दु पुगेकी छन् । वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक...

मौन अवधि लागू : आचारसंहिता उल्लङ्घन गरे कारबाही

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको लागि गएराती १२ बजदेखि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह...

गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने

पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक...

रास्वपा सभापति लामिछानेलाई काठमाडौं लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  काठमाडौं लगिएको छ । उनलाई साँझ करिव ५ बजे   पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाइएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । रवि लामिछानेलाई काठमाडौं लगिएको जिल्ला प्रहरी...