ब्यानर न्युज


हितेन्द्रले दायर गरेको रिटमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका...

सिंहदरबारमा सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको बैठक जारी

काठमाडौं । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा संघ र प्रदेशका...

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले...

आज सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको...

हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल हङकङसंग पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो । ११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो । कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा...

विप्लव, जनार्दन र घनश्याम बिच भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल बिच भेटवार्ता जारी छ । विप्लवलाई भेटन् शर्मा र भुसाल हरिसिद्धी पुगेका पुगेका हुन् । विकसित परिस्थिति र आगामी...

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार कतार भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी कतारमा सुरु ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज साँझ स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति...

एमाले निकट युवा संघले दियो बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै...

सर्वपक्षीय सरकार गठनको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन र्‍यालीमा परिणत...