नेप्से परिसूचक २८०७ अंकमा झर्‍यो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो ।

आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो । ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो ।

  • ८ बैशाख २०८३, मंगलवार १५:१९ प्रकाशित