ब्यानर न्युज


प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेट

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। दाहालको...

जेन-जी सहिदहरूलाई मन्त्रीले ओढाए राष्ट्रिय झन्डा, सशस्त्रले दिए सलामी

पोखरा । जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन् ।दुवै मन्त्री शवयात्रामा पनि सहभागी भएका थिए । ऊर्जामन्त्री...

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह : भने, ‘उच्च मनोबलका साथ काममा खटिनुस्’

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् । मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका...

ओली र देउवा अझै सेनाको सुरक्षामा

काठमाडौं। भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहको मुख्य केन्द्रमा रहेका केपी ओली र शेरबहादुर देउवा अझै सेनाको सुरक्षामा रहेको बताइएको छ । आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू आफ्नो आफ्नो स्थानमा फर्किए पनि ओली र देउवा भने सेनाको...

चोरी गरिएका सामानहरू फिर्ता गर्न पोखरा महानगरपालिकाको आग्रह

पोखरा । पोखरा महानगरपालिकाकाले यहि भदौं २४ गते भएको जेन्जी आन्दोलनको क्रममा चोरी तथा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको छ । आन्दोलनको क्रममा पोखरा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट ठुलो मात्रामा सामाग्रीहरू लुटपाट तथा...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको २ लाख १७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ...

आज यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...

जेनजी प्रदर्शनको क्रममा भएका घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाइने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन...

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । मन्त्री घिसिङले नेपाल...