प्रमुख समाचार


एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना...

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिवार बिहान निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय...

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका...

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

पोखरा । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरेपछि त्यहाँका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले ल्यान्डफिल्ड साइड भरतपोखरीमा सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा...

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने तय भएको छैन । बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ । निर्वाचनको मिति घोषणापूर्व...

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

काठमाण्डौ । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि...

शेखर समूहको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई...

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति...

निर्वाचन आयोगको आग्रह : विद्युतीय मतदानका लागि साउनभित्र मेसिन देउ

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गर्ने हो भने साउन महिनाभित्र मेसिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रतिनिधिसभा...