प्रमुख समाचार


मतदानमा सहभागी हुन राष्ट्रपतिको अपिल

पोखरा । राष्ट्रिपति विद्या देवी भण्डारीले भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य विर्नाचनमा सहभागी हुन मतदातालाई अपिल गरेकी छन् । शनिबार निर्वाचन संदेश जारी गदै भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अध्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक...

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने

काठमाडौं । मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका...

निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका ५ जना पक्राउ

काठमाडौं । भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि निर्वाचन बहिस्कार टोलीले प्रदर्शन गरेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी लगायतका जनवर्गीय...

गण्डकीका मन्त्री मनाङेलाई २५ हजार जरिवाना

पोखरा। निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ । चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । मनोनयन...

कस्कीमा ५० मतदान स्थल अति संवेदनशील

पोखरा । कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ । निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो । अति संवेदनशील मतदान स्थलका रुपमा...

नेपाल र यूएईबीचको खेलमा ‘लाइभ बेट’ लगाउने २० बढी पक्राउ

काठमाडौं । आज भईरहेको नेपाल र यूएईबीचको खेलमा लाइभ बेट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय...

स्थिर अवधि सुरु, के-के गर्न पाइँदैन ? सूचीसहित

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री...

निर्वाचन आयोग भन्छ, ‘मंसिर २२ सम्ममा अन्तिम मतपरिणाम आउँछ’

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम मंसिर २२ सम्ममा आउने बताएको छ । निर्वाचनको तयारी पूरा भएको बताउँदै आयोगले सो जानकारी दिएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसंग्रह गर्नेछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत संग्रहको रुपमा टिप्पणी गरेका छन् । आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई...