प्रमुख समाचार


पूर्वमन्त्री कुमार खड्काको धम्की : ‘बर्खास्तीको कारण नभने सनसनी अडिओ, भिडिओ ल्याउँछु’

पोखरा । बर्खास्तीमा परेका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्रीलाई धम्की दिएका छन् । खड्काले आफुलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ,...

आज मध्यरातबाट सुरुहुँदै ‘स्थिर समय’, सम्पूर्ण प्रचारप्रसारमा निषेध

पोखरा । आज बिहीबार मध्यराती १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेकोमा यसपटक निर्वाचन आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज...

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

पोखरा । पाकिस्तानलाई नेपालले एक– सून्य गोल अन्तरले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल बन्यो । गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका...

दोस्रो एकदिवसीय क्रिकेटमा यूएई विरुद्ध नेपालको जित

पोखरा । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई पराजित गरेको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको हो। यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले...

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : राष्ट्रहितका लागि नागरिकता विधेयक रोकिएको हो

काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित...

सुरक्षा व्यवस्था चुस्त छ , निर्धक्क भइ मतदान गर्नुस : गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको बताएको छ। गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध...

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा आउँदै

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जादैं छन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र...

प्रसोधनसहितको ल्याण्डफिल साइट बन्छ, ठाउँ तोकिएको छैन : मेयर आचार्य

पोखरा । ल्याण्डफिल साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको तर, निस्कर्षमा पुगिनसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताका छन् । उनले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको  स्पष्ट...

रवि लामिछाने विरुद्ध उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पनि नेपालको...