प्रमुख समाचार


उपराष्ट्रपति निर्वाचन : ६१० मत खस्यो

काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ : १५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको...

क्रियापुत्री बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गए

पोखरा । शोकमा रहेका गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका छन् । शुक्रबार बिहान बुद्ध एयरमार्फत उनी काठमाडौं  गएका हुन्। बुवाको निधन पछि काजकिरियामा रहेका बराल मतदानका लागि गएका हुन् । उपराष्ट्रपतिको...

नयाँ उपराष्ट्रपतिका लागि मतदान सुरू

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी...

आज उपराष्ट्रपति निर्वाचन : १० बजेदेखि मतदान सुरु हुने, साँझ ६ बजेभित्र परिणाम

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको...

स्ववियु निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि...

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा...

यूएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा क्वालिफायरमा पुगेको छ। डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल ग्लोबल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। अध्यारो भएका कारण खेल रोकिएपछि डकवर्थ लुइस प्रणालीमा अनुसार नेपाल ९ रनले जितेको हो।

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । भोलि(शुक्रबार) नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको...

यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा...