प्रमुख समाचार


कक्षा १२ को रुटिन सार्वजनिक

काठमाडौं । २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको...

मौसम पूर्वानुमान : गण्डकीसहित ४ प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो...

नगरपालिकाकै पुरानो गाउँमा बल्ल पुग्यो मोटरबाटो

बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन्। जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्‍याएको हो।  सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो...

काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं / राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ। मुआब्जा...

बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाउने झाँक्री पक्राउ

विराटनगर । मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव...

किसानहरुको आह्वानमा भारत बन्द

काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् । किसानहरुको...

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । शुक्रबार मन्त्रालयमा बजेटको विषयमा जानकारी दिन...

नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना पाेखराबाट पक्राउ

पोखरा । पोखरामा नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना भारतिय पक्राउ परेका छन् । उनलाई नशालु पदार्थ मिसाइएको एक पाकेट लड्डु सहित प्रहरीले पोखरा ९ बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाका संग्रापुर बस्ने ४६ वर्षिय...

फागुन ७ गतेदेखि अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा सडक कालोपत्रको तयारी

तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रूपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो। ट्र्याक...