प्रमुख समाचार


पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए । १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको...

१६ हजार रुपैयाँ घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ परेका छन् । कागेश्वरी मनोहरा, नगरपालिका–१ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र सोही विद्यालयका...

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीश श्रेष्ठलाई...

राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा बनाउन जनजाति महासंघकाे माग

पोखरा । आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकीले संविधानमा भएका आदिवासी जनजातिका अधिकारलाई कार्यान्वयनमा ल्याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर समितिले संविधानको घारा ७ को उपधारा २ बमोजिम प्रदेशमा राष्ट्रभाषालाई...

सीआइबीले बुझायो अनुसन्धान प्रतिवेदन : २३८ जना प्रतिवादी, विजय गच्छदारसहित ४ पूर्वमन्त्रीलाई पनि प्रतिवादी बनाउन राय

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा...

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब...

सेप्टेम्बरदेखि पोखरामा हट एयर बेलुन उडान पुनः सुरु हुने

पोखरा । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण...

गण्डकीसहित ६ वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

आज नाग पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी मनाइँदै

पोखरा । आज नाग पञ्चमी, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म,...