प्रमुख समाचार


धादिङ र काभ्रेका प्रजिअ गृह तानिए

काठमाडौं । विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । मन्त्रालयका...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै आज युरो...

पोखरामा आज गोलभेडाँको भाउ ह्वातै बढ्यो, प्याजको कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ ह्वात्तै बढेको छ । आज सानो गोलभेडाँको भाउ के.जी १४१ रुपैयाँ र ठुलो गोलभेडाँको भाउ १३५ रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको १२८...

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स,न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् । अध्यक्ष गोकर्ण कार्कीले संघको विधान...

पहिरोले एम्बुलेन्स जाममा परेपछि दुई बिरामीको ज्यान गयो

बीपी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि जाममा परेको एम्बुलेन्सका दुई बिरामीको ज्यान गएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपी डाँडामा बिरामी ल्याउँदै गरेको दुईवटा एम्बुलेन्समा सवार दुई बिरामीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय,...

काभ्रेको पनौतीमा ७ जनाको ज्यान गयो, १० जना अझै बेपत्ता

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बाढीपहिरोबाट सात जनाको ज्यान गएको छ। मेयर रामशरण भण्डारीका अनुसार बेपत्ता रहेका १७ जनामध्ये आइतबार दिउँसोसम्म ७ जनाको शव फेला परेको हो। बाँकी १० जना बेपत्ताको खोजीकार्य जारी रहेको मेयर भण्डारीले जानकारी दिएका छन्। सो...

शुक्रबार पाल्पाबाट छुटेको बस सम्पर्कविहीन

काठमाडौं। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो । अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक...

झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट गएको बस भएको पुष्टि

काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने...

प्रचण्डको आरोप : भने ‘बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन देखियो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित...