प्रमुख समाचार


शीतले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

बुटवल । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी...

कांग्रेसका महाधिवेशन प्रतिनिधि कर्ण रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन् । रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा मधेसी क्लस्टरको...

गायक प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं। गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित केही मुद्राका भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

समानुपातिक उम्मेदवार छान्न रास्वपाको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली९घण्टीघर०मा केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिन घण्टीघरमा सोमबार दिउँसो रास्वपाको बैठक...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२ : ३० बजे बयानका लागि...

समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि...

जसपा नेपालले छुट्टै बन्दसूची बुझाउने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ । आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको हो । निर्वाचन आयोगको क्लस्टर अनुसारअहिले नाम र लिस्ट मिले नमिलेको...

मेक्सिकोमा रेल दुर्घटना १३ जनाको ज्यान गयो, झण्डै सय जना घाइते

काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८...