प्रमुख समाचार


राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी

काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ । संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो...

देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने गगनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको...

‘म हेपिन तयार छु, तर मेरो देशलाई हेपेको सहदिन’ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई...

प्रदर्शनका लागि माइतीघर पुगेका निकोलस भुसालसहित ३ जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा। निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा.निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण...

राष्ट्रियसभा अध्यक्षका स्वकीयको गाडी फिर्ता

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने र आवश्यक नियुक्ति पाएकाहरूको सेवा सुविधा खोस्ने निर्णय गरेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णुप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयले उपलब्ध...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...

म्याग्दीमा जिप दुर्घटना, १५ जना घाईते

पोखरा । म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट...

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...