प्रमुख समाचार


पोखरा १९ अकलादेवीबाट जुवा खेलिरहेका ५ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन...

रास्वपालाई बधाई दिदैं कुलमानले भने, ‘हामीले जनताको मन जित्यौं, तर मत जित्न सकेनौँ’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत...

स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो

स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो बनेको छ । निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले...

अमेरिकी डलरको भाउ हालसम्मकै महंगो

पोखरा । आज अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दरअनुसार आज अमेरिकी डलर १ को...

इलाम –१ मा कांग्रेसका निश्कल राई विजयी

इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी...

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा कारण देखाऊ आदेश

काठमाडौं। सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार...

रास्वपाको एउटा पत्रले धनुषा–१ को मत परिणाम रोकेका हौं : निर्वाचन आयोग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको दलको पत्रको आधारमा निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा रोकेको जनाएको छ । धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको आयोगले...

पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

पर्वत । पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय...

खाडीमा रहेका ५४ हजार नेपालीले स्वदेश फर्किन टिपाए विवरण

  काठमाडौं । पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन् । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्ममा ५४ हजार...