जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

केन्द्रभाग मिडिया

सुर्खेत ।

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका—५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

  • २४ बैशाख २०८३, बिहीबार ११:०८ प्रकाशित