प्रमुख समाचार


उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित...

नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हट्यो : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको...

रिक्त रहेका भ्रातृ संगठनहरूले जेठ १५ सम्म नेतृत्व पाइसक्छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् ।सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट...

अब कोशी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन् । शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले...

देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा ध्यान दिनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल(डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायक(सांसद)ले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा कार्यक्रममा...

नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा...

मूल्यवृद्धिले विकास निर्माणमा समस्या, समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार उर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालसँगको छलफल पछि समितिका सभापति आशिष गजुरेलले...

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत

काठमाडौं । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् । उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् ।

सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइयो

काठमाडौं । नेपाली सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तको लागि दिइने ३० दिने सूचनाको समय घटाएर २१ दिन कायम गरेका हो । सैनिक सेवा नियमावली (छैटौँ संशोधन)२०८३ स्वीकृत...