प्रमुख समाचार


सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडीमा ७ नेपाली पक्राउ

  काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो,...

लुम्बिनीका जिल्लाहरूमा हावाहुरीसँगै वर्षा : पोखरामा दिउँसै अध्यारो

काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हावाहुरीसँगै वर्ष भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसो केहीबेर हावाहुरी चलेपछि अहिले...

गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा कांग्रेस पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले सोधेको...

कांग्रेस केन्द्रीय समिति बैठकमा दुई प्रस्ताव पेस

काठमाडौं। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन् । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शमाले दुई प्रस्ताव पेस गरेका हुन् ।    ...

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरको दर्शन

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री...

चितवनमा हुरीका कारण केरा खेतीमा ४ करोड बढीको क्षति

चितवन । चितवनमा हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार...

गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा होल्ड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने...

इनिसा विकको न्यायका लागि काठमाडौँमा निरन्तर प्रदर्शन

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा निरन्तर प्रदर्शन गरिएको छ । शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि...

अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु, अब मन्त्रालयको काममा सहभागी नहुने घोषणा

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै...