शिक्षा


काठमाडौँ महानगरका विद्यालय आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बेच्न नपाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत)ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरको शिक्षा विभागले विद्यालयहरूलाई...

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने अनुमति पाएको छ । विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको हो । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको...

त्रिविको उत्तर पुस्तिका हराउने दोषीलाई कारबाही हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् । उनले...

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो (रुटिनसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। पूर्व...

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा...

सेन्ट्रल गार्डनद्वारा विद्यार्थीलाई सहायता सामग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो । क्लबका संस्थापक...

११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन नगर्नु : पोखरा महानगर

पोखरा  । पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली...

सम्मानसहित एसओएस गण्डकीमा विद्यार्थीको बिदाइ

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण...

उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत २१ मा हुने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन :...