त्रिविको उत्तर पुस्तिका हराउने दोषीलाई कारबाही हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् ।

उनले भनिन्– ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन गर्दैछ । त्रिविको दुइटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिन्छ ।’

  • २१ चैत्र २०८०, बुधबार १३:५८ प्रकाशित