प्रमुख समाचार


पोखरामा कांग्रेसबाट कसले पाउला उपमेयरको टिकट, कसको सम्भावना कति ?

पोखरा । सत्ता गठबन्धन दलमा पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी (एस)ले पाउने पक्का भए पछि कांग्रेसमा उपमेयरका लागि लविङ सुरु भएको छ । कांग्रेसबाट पाचँ महिलासहित १० जनाले उपमेयरका लागि दावी गरेका छन् । उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल...

मिलेर जान नसक्ने भए अर्थमन्त्रीले राजीनामा दिए हुन्छः पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर प्रकरणमा राजीनामा दिने नदिने अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामा भर पर्ने बताएका छन् । ‘नेपाली बहस’का लागि  कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नैतिकतालाई तपाईंले कसरी...

अर्थमन्त्रीलाई राजीनामा गर्न दावव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार ट्विट गदै अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा गर्न सुझाएका छन् । सत्ता घटक दलका महामन्त्री शर्माले काँग्रेस नेता महेश आचार्यलाई स्मरण गर्दै घुमाउरो पाराले अर्थमन्त्री जनार्दन शर्मालाई...

कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

पोखरा । नेपाली काङ्ग्रेस महानगर समितिले कास्की जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । मंगलबार गठबन्धनको बैठकले पोखरा महानगर नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेकोमा...

उपमहानगरमा अझै कुरा मिलेन, गठबन्धन बैठक आज पनि बस्दै

काठमाडौं । निकै मुश्किलले महानगरको टुंगो लगाएको गठबन्धनले अझै उपमहानगरमा सहमति जुटाउन सकिरहेको छैन । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्न...

आजदेखि काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं । सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार...

पल शाह प्रकरण : किशोरीका बुबाले पनि फेरे बयान

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्। ‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा...

उममेदवार बन्न जनप्रतिनिधिले राजिनामा दिनुपर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने फैसला गरेको छ । बैशाख ३० गतेको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिन पर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला...

संघ सरकारका कारण क्षमता अनुरुप काम गर्न पाएनौं : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारका कारण प्रदेश सरकार र स्थानीय तहले आफ्नो क्षमता अनुरुप काम गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेश समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अधिकारका...