उममेदवार बन्न जनप्रतिनिधिले राजिनामा दिनुपर्ने सर्वोच्चको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने फैसला गरेको छ ।

बैशाख ३० गतेको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिन पर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला गदै अदालतले यस्तो निर्णय गरेको हो । यस पहिले अदालतले राजिनामा दिनु नपर्ने अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

  • ६ बैशाख २०७९, मंगलवार १६:५५ प्रकाशित