उपमहानगरमा अझै कुरा मिलेन, गठबन्धन बैठक आज पनि बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

निकै मुश्किलले महानगरको टुंगो लगाएको गठबन्धनले अझै उपमहानगरमा सहमति जुटाउन सकिरहेको छैन ।

मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्न लागेको बताइएको छ ।

यसअघि मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँटमा सहमति जुटेको थियो । उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीले पाउने भएको छ ।

  • ७ बैशाख २०७९, बुधबार ०८:५७ प्रकाशित