पोखरामा कांग्रेसबाट कसले पाउला उपमेयरको टिकट, कसको सम्भावना कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
सत्ता गठबन्धन दलमा पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी (एस)ले पाउने पक्का भए पछि कांग्रेसमा उपमेयरका लागि लविङ सुरु भएको छ । कांग्रेसबाट पाचँ महिलासहित १० जनाले उपमेयरका लागि दावी गरेका छन् ।

उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगीला आचार्य, टीका कुमारी गुरुङ, दीपक मल्ल र मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले निवेदन दिएका छन् । यी मध्य कसले उपमेयरको टिकट पाउदा चासोका साथ हेरिएको छ ।

बैशाख ३० गतेका लागि तोकिएको स्थानिय तहको निर्वाचनका लागि ११ गते उम्मेदवार मनोनयन हुदैँछ । एउटै दलबाट मेयर र उपमेयर उम्मेदवार बनाउदा एक पदमा महिला अनिर्वाय हुनुपर्छ । फरक फरक दलबाट एउटा मात्र उम्मेदवार बनाउदा त्यो बाध्यकारी हुदैन ।

एसबाट सिफारीस हुने मेयरका दावेदार मध्य पुरुषले टिकट पाउने बलियो सम्भावना छ । कांग्रेसबाट भने उपमेयरमा महिलाको सम्भावना बलियो देखिएको छ ।

गठबन्धन गर्दा महिलाको अधिकार खोसिने भन्दै चौतर्फी आलोचना पनि भइरहेको । आलोचनालाई चिर्न पनि कांग्रेसबाट महिला उम्मेदवारले मौका पाउने बलियो सम्भावना रहेको कांग्रेसका एक नेताले नाम नबताउने सर्तमा केन्द्रखवरलाई भने ।

त्यसमा पनि पोखरा गुरुङ समुदयको बाहुल्यता रहेको महानगर भएकाले गुरुङ समुदायको व्यक्तीले टिकट पाउनसक्ने ती नेताले बताए ।

  • ७ बैशाख २०७९, बुधबार १५:२३ प्रकाशित