प्रमुख समाचार


उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका...

मतपत्र छपाइ ८८ प्रतिशत सम्पन्न, २२ जिल्लामा ढुवानी

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला...

माग धान्न नसकेपछि औद्योगिक ग्राहकका लागि घोषित लोडसेडिङ

काठमाडौं । बिजुली अपुग भएपछि सरकारले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ गर्ने भएको हो । आन्तरिक उत्पादनले माग धान्न नसकेको र बिजुली माग पूर्ति गर्नका लागि नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक...

गठबन्धन र एमालेलाई हराएर पोखरामा चमत्कार गर्छाैं : मेयर उम्मेदवार खराल (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार शंकर खरालले पोखरामा आफूले चमत्कारिक रुपमा विजय हाँसिल गर्ने दाबी गरेका छन् । केन्द्रखबरसंग बुधबार कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रस्तुत छ विश्व हिन्दु महासंघका...

अब हप्तामा दुई दिन बिदा

काठमाडौं । अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुनेछ ।  सो निर्णय आगामी जेठ १ देखि लागू हुने सरकारले जनाएको...

देशभरका बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलबीच गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।देशका ६ महानगर र ११ उपमहानगरमा नै वागी उम्मेदवारी परेको छ । आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच...

शेखरको अपिल : पार्टी निर्णयको समीक्षा हुन्छ, अहिले कांग्रेस जिताउँन लागौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । बैशाख ३० गेत हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले वितरण गरेको टिकटप्रति स्थानीय स्तरबाट व्यापक गुनासो आएको भन्दै...

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक (सूचीसहित)

काठमाडौं । व्यापार घाटा निरन्तर घट्न थालेपछि सरकारले सामान आयातमा हस्तक्षेपकारी निति लिएको छ । बाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही बस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९...

उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन आज र भोलि

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ...