प्रमुख समाचार


राष्ट्रिय सभा अन्तर्गत दुई समिति सभापतिको निर्वाचन भदौ ३१ गते

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले समितिको निर्वाचनका लागि बुधबार कार्यतालिका सार्वजनिक गरेका...

क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा...

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै अध्यक्ष...

आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस

काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । प्रधानमन्त्री...

आज यस्तो विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा छ । आज युरो एकको खरिददर...

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार...

आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड होः प्रदेश सभापति शर्मा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा...

जनकपुरमा वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७...

प्रधानमन्त्रीद्धारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्। संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित...