प्रमुख समाचार


आज ईदउल फित्र : बचतको दुई प्रतिशत दान गरि मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद...

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदबार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ। आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले वैशाख १५ गते काठमाडौंको...

आईजीपी नियुक्तिमा वरीयता मिच्दा सर्वोच्चले उल्टाइदिएको थियो सरकारको निर्णय

नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक...

पोखरामा गठबन्धनका साझा उम्मेदवार तालिकासहित घरदैलोमा, (यस्तो छ तालिका)

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धन दलहरुले आइतबार देखि औपचारिक रुपमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तालिका बनाएरै चुनावी सभा तथा घरदैलो  अभियानमा गठबन्धन उत्रिएको नेकपा माओवादी केन्द्र पोखराका अध्यक्ष हरिनाराण गिरी (विज्ञान)ले...

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को...

आयोगको चेतावनी : सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरितका सामाग्री कडा कारबाही

काठमाडौं । निर्वाचन अवधिभर सामाजिक सञ्जालमा कडा निगरानी राख्ने बताइरहेको निर्वाचन आयोगले जथाभावी पोष्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन...

निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् ।अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले उक्त कुरा बताएका हुन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय...

स्याङ्जामा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान : एक घाईते

पोखरा । स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् । खुकुरी प्रहारबाट नारायण हिस्कीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले पुष्टि गरे । डिएसपी...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक कार्यान्वयन भएन

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले...