प्रमुख समाचार


बारामा शंकास्पद वस्तु पड्किँदा एक जनाको ज्यान गयो, ४ घाइते

बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक व्यक्तिको ज्यान गएको छ । शंकास्पद वस्तु विस्फोट हुदाँ निजगढ नगरपालिका ९ का रेसम मगरको ज्यान गएको छ भने अन्य ४ जना घाईते भएको बारा प्रहरीले जनाएको छ । मगर वर्कसप सञ्चालक...

पोखरा १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एक जनाको ज्यान गयो, एक बेपत्ता

पोखरा । पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । माछा मार्नसँगै गएका अन्य ३ जना सकुशल रहेको बताइएको छ। माछा मार्न गएका ५ जनामध्ये...

कास्कीमा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालियो

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । जर्मन घर भई पोखरा घुम्न आएकी पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले आज बिहान निकालेको हो । आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका...

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो गण्डकी, कर्णाली...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री चयन भएका छन् । गजल सन्ध्याको पूर्वअध्यक्ष रहेका उनलाई १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले सर्वसम्मत चयन गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलित भएर गजल सन्ध्या पुनर्गठित...

पोखरा सर्वेश्वर मार्गका व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

  पोखरा । पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले...

बागलुङको ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयलाई वरपर हिडँडुल गर्नसमेत सकस भएको छ । हिमपातका...

मौसम पूर्वानुमान : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पोखरा  । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रहि बाकी भुभागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा...

पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ

पोखरा । पोखराबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति मंगलबार(फागुन ८ गते)को दिन छुट्टाछुट्टै स्थानबाट ३ जना कारोबारी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर...