प्रमुख समाचार


नयाँ बर्षको स्वागतका लागि चैत ३० देखि फेवा महोत्सव

पोखरा। नयाँ बर्षको स्वागतका लागि २० औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु...

महाधिवेशन निर्धारित समयमै हुन्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् । महामन्त्री...

‘टिके प्रथा’ सदाका लागि अन्त्य हुन जरुरी : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टिके प्रथा अन्त्य हुन जरुरी रहेको टिप्पणी गरेका छन् । पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गर्दै खनालले सो टिप्पणी गरेका हुन्। शुक्रवारबाट जारी केन्द्रीय...

नेकपा एसको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक सय रुपैयाँ लिने भएको छ । सो पार्टीको आजबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा विधान अनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यता सम्बन्धी व्यवस्था गरिएको...

तनहुँका सहिद परिवारसँग प्रचण्डको भेट

तनहुँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५ रुपियाँ...

आज पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले...

सीप अभिवृद्धिका लागि इन्जिनियर एसोसिएसन गण्डकी र ब्रजर पेन्ट्स बीच सम्झौता

पोखरा । नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच इन्जिनियर तथा आर्किटेकहरूको सीप अभिवृद्धि तथा विद्यार्थीहरूका लागि सीपमूलक तालिम संचालनका लागि सम्झौता सम्पन्न भएको छ । एसोसिएसन र व्रजर पेन्ट्सबीचको सम्झौताअनुसार व्रजर पेन्ट्सले...

देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारी आवश्यक छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् । बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई...