यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५ रुपियाँ ०७ पैसा निर्धारण भएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ३२ पैसा र बिक्रीदर १५३ रुपियाँ ९८ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १९ पैसा र बिक्रीदर ८८ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३४ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ४१ पैसा र बिक्रीदर १०३ रुपियाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ २२ पैसा र बिक्रीदर ०९ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २३ पैसा र बिक्री दर ३१ रुपियाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ६२ पैसा र बिक्रीदर ०९ रुपियाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९४ पैसा र बिक्रीदर १३ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३७ पैसा र बिक्री दर १९ रुपियाँ ४५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ २० पैसा र बिक्रीदर ४५० रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ १४ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६० रुपियाँ ९४ पैसा तय गरिएको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार ०७:०९ प्रकाशित