४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, आज कति थपिए संक्रमित ?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तनहुँ रिसिङ गाउँपालिका ६ की ८२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको निर्देशनालयले...

फेरि सर्‍यो माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको सरेई छ। फागुन ८ र ९ गते आयोजना गरिएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक पटक(पटक सर्दै फागुन २० गतेसम्मका लागि सरेको हो ।के कारणले बैठकलाई सार्नुपरेको भन्ने खुलाइएको छैन...

बानेश्वरमा प्रदर्शनकारीले गरे एमसीसीको ‘अन्त्येष्टि’

काठमाडौं । एमसीसी विरुद्ध काठमाडौंमा दिनदिनै जसो प्रर्दशन र नाराबाजी भइरहेको छ । विभिन्न विद्यार्थी संगठन ,सघंसंस्था, नागरिक समाजलगायतले एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै पास हुन नहुने माग गर्दै आन्दोलन तथा विरोध प्रर्दशन गरेका हुन् । काठमाडौंमा...

टि–२० विश्वकप : क्वालिफायरमा आयोजक ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट...

नेपालको वलिङ चम्किएपछि ओमान ३९ रनले पराजित

काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले...

एमसीसीलाई धेरै अल्झाएर राख्नुहुदैँन, अब वार कि पार गरौं :महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीलाई अब पनि अल्झाएर राख्न नहुने बताएका छन् । उनले अब यसलाई वार कि पार गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने,‘एमसीसीलाई...

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय...

सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख...