स्यानिटरी गोदाममा भीषण आगलागी : छ करोड बराबरको क्षति

  भक्तपुर । भक्तपुुरको मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा रहेको स्यानिटरी गोदाममा गए राति भीषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति...

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्। उम्मेदवारी मनोनयनको अन्तिम दिन प्रचण्डले आयोजना गर्न लागेको पत्रकार सम्मेलनलाई चासोको साथ हेरिएको छ । पत्रकार सम्मेलन पेरिसडाँडामा...

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले पाइन टिकट

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले टिकट पाएकी छिन् । यसअघि नै काठमाडौंको मेयरमा सिहंले टिकट पाउने पक्कापक्की जस्तै थियो । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता...

आफ्नो नाममा आएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण

सल्यान । सल्यानको बागचौर नगरपालिकामा एमालेका एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् । एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियो । तर शर्माले आज(सोमबार)...

एमालेले पोखराको मेयरमा पौडेललाई हटाएर थापालाई उम्मेदवार बनायो

पोखरा । नेकपा एमालेले पोखरा महानगरको मेयर पदको उम्मेदवार दीपक पौडेललाई हटाउँदै पोखरा कृष्ण थापालाई नयाँ उम्मेदवार बनाएको छ । आजै बिहान एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवलाय बैठकले पौडेलको टिकट खोस्दै थापालाई मेयरमा उठाउने निर्णय गरेको...

फ्रान्सका राष्ट्रपतिमा इम्यानुएल म्याक्रोन पुन : निर्वाचित

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पुन : राष्ट्रपतिमा निर्वाचित भएका छन् । इम्यानुएल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतवार सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनलाई पराजित गर्दै म्याक्रोन...

आठ दिनदेखि बेपत्ता हवल्दार मृत भेटिए

पाँचथर । पाँचथरमा आठ दिनदेखि बेपत्ता भएको नेपाल प्रहरीका हवल्दार मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको...

कञ्चनपुरमा माओवादी र समाजवादीबीच मात्रै तालमेल

कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो । माओवादी केन्द्रले कृष्णपुर,...

पाँच दलका अध्यक्षबीच बैठक : भागबण्डा मिलाउन अन्तिम प्रयास गर्ने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको आज अन्तिम दिन हो । तर गठबन्धनको भित्र अझै भागबन्डामा सहमति हुन सकेको छैन । भागबन्डा मिलाउन अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षको आज पनि बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा...