देउवा र पौडेलको जिल्लामा तालमेल भएन, कार्यकर्तामा असन्तुष्टि बढ्दो

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति नै बनाए...

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा प्रवेश गराएका थिए ।अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत...

देशभर तातो हावा : ‘लु’ बाट बच्न दिउसो घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । केही दिनदेखि देशभर गर्मी बढेको छ । गर्मीयाम बढेसँगै तराईसगै देशका अधिकांश स्थानमा तातो हावा चल्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट बच्नको लागि सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै लुबाट...

रातारात फाइल गायब पार्दै उपमेयरको उम्मेदवार परिवर्तन गरेपछि ….

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन भएपछि लफडा भएको छ । उपमेयर पदमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गर्दै अर्कै उम्मेदवारलाई खडा गरेको आरोप लगाउँदै अन्य दलले विरोध गरेका छन् । एमालेले उपमेयरको...

ट्रकमा मोटरसाइकल ठोक्किदाँ दुर्घटना, तीन जनाको मृत्यु

धनुषा । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जना...

चितवनमा जसपा एक्लै चुनाव लड्ने

भरतपुर । चितवनमा जनता समाजवादी पार्टी जसपा एक्लै चुनाव लड्ने भएको छ। चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिदैं जसपाले एक्लै चुनाव लड्ने बताएको हो । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको जनाएको सो पार्टीले जनाएको छ । गठबन्धनको...

उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिताको ‘नाङ्गो उल्लंघन’

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले हिजो र अस्ति भएको उम्मेदवारी दर्ताको क्रममा नै उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय...

कांग्रेसको तर्फबाट मादी ९ मा सागर रानाभाटको उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसको तर्फबाट मादी गाउँपालिका–९ को अध्यक्षका लागि सागर रानाभाट ले उम्मेदवारी दर्ता गरेका छन् । रानाभाट  विद्यार्थी राजनीतिमा सक्रिय थिए । क्षेत्रीय सभापति हुँदै नेपाली कांग्रेस को राजनीतिमा निरन्तर सक्रिय छन्। त्यस्तै खुल्ला सदस्यमा...

पोखरा महानगरका लागि मेयरमा २६ र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । बैशाख ११ र १२ गते भएको मनोनयमा मेउमा २६ र उपमेयरमा ९ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मेयरमा उम्मेदवारी...