आइबी वर्ल्ड स्कुल फिष्टेल एकेडेमीलाई एसईई २०८१ मा उत्कृष्ठ सफलता

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकीको एकमात्र आइबी वर्ल्ड प्रेरित विद्यालय फिष्टेल एकेडेमीले एसईई २०८१ को नतिजामा पुनः एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ ।

कुल २९ जना विद्यार्थीमध्ये अश्विन चालिसे, लसता कर्माचार्य, प्रतिज्ञा चौधरी, र सयुज्या हमालले पूर्ण ४.० जीपीए हासिल गरेका छन् भने बाँकी सबै विद्यार्थीहरूले ए प्लस र ए ग्रेड प्राप्त गरेका छन् ।

आफ्नो प्रगतिशील शैक्षिक दर्शन अनुरूप, फिष्टेल एकेडेमीले शिक्षालाई समग्र विकाससँग जोड्दै गतिविधिमूलक शिक्षण, सहपाठ्यक्रम (सीसीए) र अतिरिक्त क्रियाकलाप (ईसीए) मा विशेष ध्यान दिँदै आएको छ ।

विद्यार्थीहरूको व्यक्तिगत, सामाजिक र शैक्षिक विकासमा केन्द्रित हुँदै विद्यालयले उत्कृष्ट शैक्षिक स्तरलाई निरन्तरता दिँदै आएको छ ।

नेपालका सीमित प्रगतिशील विद्यालयहरूमध्ये, फिष्टेल एकेडेमी यस्तो संस्था हो जसले शैक्षिक उपलब्धि र कक्षाभित्रबाहिरको विद्यार्थी संलग्नताबीच सन्तुलन कायम राख्न सफल भएको छ । धेरैजसो प्रगतिशील विद्यालयहरू सहगतिविधिमा केन्द्रित हुँदा शैक्षिक नतिजामा कमजोरी देखिने गरेको पाइन्छ ।

फिष्टेल एकेडेमीले दुवै पक्षमा उत्कृष्टता देखाउँदै समुदायको अपेक्षा अनुसारको प्रदर्शन गर्दै आएको विद्यालयका संस्थापक चिनु रानाभाटले बताए ।

उनले यो उपलब्धि केवल फिष्टेल एकेडेमीकै गर्वको विषय नभई सम्पूर्ण पोखरा र गण्डकी प्रदेशकै शान भएको बताएका छन् ।

  • १४ असार २०८२, शनिबार १७:२९ प्रकाशित