एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

केन्द्रभाग मिडिया

काठमाडौ ।

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ सर्वाजनिक नतिजा अनुसार एसईईमा मा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

गत सालको ७ देखि १९ चैत २०८१ सम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

  • १३ असार २०८२, शुक्रबार १९:५६ प्रकाशित