दुई सचिवको जिम्मेवारी हेरफेर

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल सरकारका दुई जना सचिवको जिम्मेवारी साटफेर भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिवको जिम्मेवारी साटफेर गरेको हो ।

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ ।त्यस्तै, वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

  • १० असार २०८२, मंगलवार १४:१४ प्रकाशित