काठमाडौँ ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले निराशा र स्टन्टबाजीले मुलुकको विकास नहुने बताएका छन् । छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताउँदै कार्कीले सो बताएका हुन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद कार्कीले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको बताए । उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए ।
‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ’, कार्कीले भने, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो । गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो । अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने रु’ उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने बताए ।













