प्रतिनिधिसभामा कांग्रेसका तीन सांसदको समिति हेरफेर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सांसद बनेका तीन सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले पेस गरेको तीन सांसदहरूको हेरफेर सदनले अनुमोदन गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा स्वास्थ्य तथा प्रविधि समिति पुगेका छन् । चन्दा चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा पुगेकी छन् ।

शान्ति बिक महिला तथा बालबालिका तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा गएकी छन् ।

  • ८ असार २०८२, आईतवार १३:२० प्रकाशित