यी १६ जिल्लाको कांग्रेस अधिवेशन सर्‍यो, अब कहिले ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

१६ जिल्लाको कांग्रेस अधिवेशन सरेको छ । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेको हो ।

कांग्रेस केन्द्री निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन माघ १५ गते गर्ने निर्णय गरेको हो ।

समितिका सचिव केशव रिजालद्वारा हस्ताक्षरित वक्तव्यमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

अघिल्लो महिना केन्द्रीय महाधिवेशन गरेको कांग्रेसले विवादका कारण १६ जिल्लामा नेतृत्व चयन गर्न सकेको थिए । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको निर्वाचन गर्न बाँकी छ ।

  • २१ पुष २०७८, बुधबार १३:०१ प्रकाशित