मोहन वैद्यको स्वास्थ्यमा सुधार

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झन्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । शर्माले भनिन् ‘बसुन्धरास्थित बीपी स्मृति अस्पताल र टिचिङमा गरी झन्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।’

वैद्यलाई १५ दिन सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो । हाल उनलाई वार्डमा सारिएको छ ।

  • २ असार २०८२, सोमबार १६:२५ प्रकाशित